Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तनहुँमा पहिरामा परी तीन बेपत्ता

तनहुँमा पहिरामा परी तीन बेपत्ता

  • 104
    SHARES
  • तनहुँमा पहिरामा परी तीन बेपत्ता

    तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

    पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए ।

    ढुंगा लागेर एकको मृत्यु

    ऋषिङ गाउँपालिका-१ झापुटारमा ढुंगा लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ढुंगा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij