Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

वीरगञ्जमा भेटिए कालाजार र डेंगुका बिरामी

वीरगञ्जमा भेटिए कालाजार र डेंगुका बिरामी

  • 270
    SHARES
  • वीरगञ्जमा भेटिए कालाजार र डेंगुका बिरामी

    पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगुका बिरामी भेटिएका छन् ।

    स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर-९  रानीघाटमा बसोबास गर्दै आउनुभएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए ।

    ‘कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ’, उनले भने, ‘कालागारको लक्षण देखिएको महिला वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ ।’

    उनले लामो समयसम्म ज्वरो आइरहेका शंकास्पद बिरामीलाई परीक्षणका लागि अनुरोधसमेत गरे । यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौजनामा डेंगु भेटिएको बताए ।

    पछिल्लो तीन महिनामा सात जना डेंगुका बिरामी महानगरभित्रै र अन्य दुई बिरामी ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकामा भेटिएका हुन् ।

    डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगुको विषाणुद्वारा संक्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको साहले बताए ।

    कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ ।

    यो रोग झापादेखि बारासम्म १२ जिल्लामा पाइए पनि अन्य तराईका जिल्लामा फाट्टफुट्टरुपमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij