Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सौर्य आँधी पृथ्वीतर्फ द्रुत गतिमा बढ्दै 

सौर्य आँधी पृथ्वीतर्फ द्रुत गतिमा बढ्दै 

  • 1.1K
    SHARES
  • सौर्य आँधी पृथ्वीतर्फ द्रुत गतिमा बढ्दै 

    काठमाडौं । वैज्ञानिकहरूका अनुसार एउटा ठूलो सौर्य आँधी पृथ्वीतर्फ १६ लाख किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको छ । स्पेसवेदर डटकमका अनुसार सुर्यको सतहबाट उठेको आँधी पृथ्वीको चुम्बकीय क्षेत्रमा गम्भीर प्रभाव पार्न सक्छ । आँधीका कारण पृथ्वीको उत्तर वा दक्षिणी ध्रुवमा आकाश रंगीन देखिनेछ । 

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो आँधी १६ लाख किलोमिटर प्रतिघण्टाको वेगमा चलेको छ । यसको गति अझै बढ्न सक्छ । सौर्य आँधीका कारण पृथ्वीको बाहिरी वातावरणमा तापक्रम बढ्ने भएकाले यसकाे प्रत्यक्ष असर उपग्रहहरुमा पर्छ । यसले गर्दा टिभी, मोबाइल नेटवर्क, जिपिएस नेभिगेसनलाई प्रभावित गर्न सक्छ । 

    सौर्य आँधीका कारण विद्युतीय लाइनमा करेन्ट धेरै हुन्छ, जसका कारण ट्रान्सफर्मरहरु पड्किने सम्भावना हुन्छ ।

    पृथ्वीमा सबैभन्दा पहिलो सौर्य आँधी सन् १९५९ मा रेकर्ड गरिएको थियो । सन् १९७२ मा एउटा ठूलो आँधीले अमेरिकाको मध्य पश्चिमी राज्यमा टेलिफोन लाइन अस्तव्यस्त बनाइदिएको थियो । तर वैज्ञानिकहरुले सौर्य आँधीले पृथ्वीमा पुर्याउने असरबारे पछिल्ला दशकमा पत्ता लगाएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij