Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, ६ जना घाइते

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, ६ जना घाइते

  • 134
    SHARES
  • बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, ६ जना घाइते

    जाजरकोट । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका-१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।  

    शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए ।

    मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन् ।

    बाढीमा परी कुशे-४ तम्तीका राजेन्द्रबहादुर  शाही,  खिमबहादुर  शाही, पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे-१ तारेचौरका  गोविन्द  रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij