एजेन्सी
नयाँ दिल्ली। अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित मनी लन्ड्रीङ मुद्दामा थुनमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको थुना अझ लम्बिएको छ । थुना अवधि सकिएपछि उनलाई भिडिओ कन्फरेन्स मार्फत बुधबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले जुलाई ३ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार न्यायिक हिरासत समाप्त भएपछि अरविन्द केजरीवाललाई तिहाड जेलबाट भिडियो कन्फरेन्स मार्फत अदालतमा पेश गरिएको थियो ।
मनी लन्ड्रीङ मुद्दामा छानविन गर्ने ईडीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई गत २१ मार्चमा पक्राउ गरेको थियो । त्यसयता उनी तिहाड जेलमा थुनामा छन् । भारतीय लोकसभा चुनावका बेला उनले सर्वोच्च अदालतबाट तीन साता चुनाव प्रचार गर्न अस्थायी जमानत पाएका थिए । मतदान सकिएपछि जुन २ तारिखमा उनी पुनः थुनामा गएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij