Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुदूरपश्चिम प्रदेशकाे बजेटले सबै क्षेत्रलाई समेटेको छ

सुदूरपश्चिम प्रदेशकाे बजेटले सबै क्षेत्रलाई समेटेको छ

  • 106
    SHARES
  • सुदूरपश्चिम प्रदेशकाे बजेटले सबै क्षेत्रलाई समेटेको छ

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले सबै क्षेत्रलाई समेटेको दाबी गरेको छ । मन्त्रालयले आगामी आवको बजेट विगतका बजेटभन्दा उपयुक्त र सकारात्मक रहेको दाबी गरेको हो ।

    आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान (बजेट) वक्तव्य सम्बन्धी छलफल गर्न मन्त्रालयले आज धनगढीमा आयोजना पत्रकार सम्मेलनमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले समयको अभावबीच फरक ढंगले बजेट ल्याइएको बताए ।

    ‘बजेटमा सबै क्षेत्रलाई समेटिएका छन् । सन्तुलित हिसाबले आवश्यकताका आधारमा बजेट विनियोजन भएकाले विगत वर्षका तुलनामा सकारात्मक छ’, मन्त्री पालले भने, ‘बजेटमा विभिन्न कार्यक्रममार्फत जनजीविकाका विषय समेटेका छौँ ।’

    आगामी आवको बजेटमा व्यक्तिगत फर्ममा बजेट नराखिएको मन्त्री पालले बताए । बजेट खर्च कम हुने प्रवृत्तिलाई हटाउन आगामी आवको साउनदेखि नै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

    मन्त्री पालले शनिबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटअनुसार चालुतर्फ ११ अर्ब सात करोड १९ लाख, पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड ७० लाख विनियोजन गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij