वेबटिभी खबर
काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनको मोर्चाले आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको छ ।
आन्दोलनरत विद्यार्थी संगठनले आइतबार गरेको पत्रकार सम्मेलनमा शैक्षिक क्षेत्रमा देखिएका वेथिति, राजनीतिक मुद्दा, पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतका विषयमा विद्यार्थी संगठनले राखेका माग पुरा गराउन थप कडा संघर्षमा उत्रने जानकारी दिएका हुन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारासायी बनाउन त्यहाँका उपकुलपति ज्ञानेन्द्र गिरीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग विद्यार्थीले अघि सारेका छन् ।
त्यसैगरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन दिएको ७२ घण्टे समयसीमा सकिएकोले सोमबार पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीलाई रोक्ने निर्णय भएको छ । मंगलबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीलाई नचालउन आग्रह गर्ने र बुधबारदेखि सम्पूर्ण पेट्रोलपम्प बन्द गर्ने निर्णय भएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij