वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मदन भण्डारी स्मृति पार्कस्थित एक घरमा बुधबार भएको आगलागी नियन्त्रणमा आएको छ ।
आगलागी नियन्त्रणमा लिन सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय, स्थानीय बासिन्दाको सहयोग र विभिन्न ठाउँबाट मगाइएको दमकल प्रयोग भएको थियो ।

आगाे लागेकाे सूचना पाएपछि नियन्त्रणका लागि सशस्त्रको नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट सुरक्षाकर्मी खटिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
जीवन रेग्मीको चार तले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, बिस्कुट गोदाम ग्यास लिकेज भइ आगलागी भएको अनुमान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij