Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दिल्लीको चुनावमा ६० हजार सुरक्षाकर्मी परिचालन हुने 

दिल्लीको चुनावमा ६० हजार सुरक्षाकर्मी परिचालन हुने 

  • 122
    SHARES
  • दिल्लीको चुनावमा ६० हजार सुरक्षाकर्मी परिचालन हुने 

    नयाँ दिल्ली । भारतमा जारी आमचुनावको छैठाैँ चरण अन्तर्गत राजधानी दिल्लीमा पनि शनिबार मतदान हुँदैछ । मतदानको सबै तयारी पुरा भइसकेको त्यहाँको सुरक्षा निकायले जनाएको छ ।

    भोलि दिल्लीको सबै (पूर्वी दिल्ली, नयाँ दिल्ली, उत्तर पूर्व दिल्ली, उत्तर पश्चिम दिल्ली, दक्षिण दिल्ली, पश्चिम दिल्ली र चाँदनी चोक) सातवटा लोकसभा सिटका लागि चुनाव हुँदैछ । दिल्लीको चुनावका लागि मात्र ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । दिल्लीमा एक कराेड ५२ लाख मतदाता छन् ।

    दुई हजार ६ सय २८ मतदान केन्द्रमध्ये ४२९ वटालाई सुरक्षा निकायले संवेदनशिल घोषणा गरेका छन् । संवेदनशिल मतदान केन्द्रमा अर्धसैनिक बल, ड्रोन क्यामेर र सीसीटिभी राखिने दिल्ली निर्वाचन सेलका डीसीपी संजय सेहरावतले बताए । सेहरावतका अनुसार ३३ हजार सुरक्षाकर्मी वुथमा परिचालन हुनेछन् । 

     

  • सम्बन्धित विषय:

  • # मोवाइल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij