वेबटिभी खबर
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा रहेका क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासले भिसा दिन अस्वीकार गरेको छ ।
बुधबार अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए ।
यसअघि पटक-पटक अमेरिका गइसकेका सन्दीपविरूद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए ।
जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतका भिसा रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij