Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतमा आज पाँचौं चरणको मतदान जारी, राहुल गान्धीको क्षेत्र रायबरेलीमा पनि आजै चुनाव

भारतमा आज पाँचौं चरणको मतदान जारी, राहुल गान्धीको क्षेत्र रायबरेलीमा पनि आजै चुनाव

  • 197
    SHARES
  • भारतमा आज पाँचौं चरणको मतदान जारी, राहुल गान्धीको क्षेत्र रायबरेलीमा पनि आजै चुनाव

    नयाँ दिल्ली । भारतमा जारी लोकसभा चुनावको आज पाँचौं चरणको मतदान जारी छ । आज ४९ सिटका लागि मतदान हुँदैछ । आजको चुनावमा भारतका केही दिग्गज नेताको भाग्य परीक्षण हुनेछ ।

    विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी उम्मेदवार भएको उत्तर प्रदेश राज्यको रायबरेलीमा आजै मदतान भइरहेको छ । त्यसैगरी रक्षामन्त्री एवं भाजपा नेता राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्ला, केन्द्रीय मन्त्री पीयूष गोयललगायत ६९५ जना यो चरणको चुनावमा उम्मेदवार छन् । 

    राहुल गान्धी उत्तर प्रदेशको रायबरेली बाहेक केरलाको वायनाड सिटबाट पनि चुनावी मैदानमा छन् । रायबरेली सिटलाई नेहरू–गान्धी परिवारको परम्परागत सिट मानिन्छ। 

    सोनिया गान्धी सन् २००४ देखि लगातार रायबरेलीबाट सांसद हुन् । यो सिटमा राहुल गान्धीले भाजपाका दिनेश सिंहसँग प्रतिस्पर्धा गरिरहेका छन् । दिनेश गत लोकसभा चुनावमा पनि भाजपाका उम्मेदवार थिए ।

  • सम्बन्धित विषय:

  • # राहुल गान्धी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij