Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

थुनामुक्त हुँदै दिल्लीका मुख्यमन्त्री केजरीवाल

थुनामुक्त हुँदै दिल्लीका मुख्यमन्त्री केजरीवाल

  • 136
    SHARES
  • थुनामुक्त हुँदै दिल्लीका मुख्यमन्त्री केजरीवाल

    नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज अन्तरिम जमानतमा छुटेका छन् । 

    भारतको प्रवर्द्धन निर्देशनालय (ईडी) ले उनलाई मदिरा घोटाला प्रकरणमा मार्च २१ मा पक्राउ गरेको थियो । आज सर्वोच्च अदालतले उनलाई अन्तरिम जमानत दिएको हो । ईडीको कडा विरोधको बाबजुद अदालतले दिल्लीका मुख्यमन्त्रीलाई जमानत दिएको छ। 

    चुनावलाई दृष्टिगत गर्दै सर्वोच्च अदालतले केजरीवाललाई जुन १ सम्म अन्तरिम जमानत दिएको हो । केजरीवालले जुलाईसम्मको समय मागे पनि अदालतले अस्वीकार गर्दै जुन १ सम्मको समय दिएको थियो ।

    जमानत स्वीकृत गर्दा सर्वोच्च अदालतले अरविन्द केजरीवालले जुन २ मा अदालतमा आत्मसमर्पण गर्नुपर्ने स्पष्ट आदेश दिएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij