Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमाले विवादः केन्द्रमा मिल्न खोज्ने, जिल्लामा फुटाउने खेल 

एमाले विवादः केन्द्रमा मिल्न खोज्ने, जिल्लामा फुटाउने खेल 

  • 1.0K
    SHARES
  • एमाले विवादः केन्द्रमा मिल्न खोज्ने, जिल्लामा फुटाउने खेल 

    काठमाडौं । नेकपा एमालेभित्र केन्द्रमा एकताका लागि दबाब बढेकै बेला जिल्ला तहमा भने फुटलाई प्रश्रय दिने काम भएको छ । एमालेको प्रदेश २ कमिटीले बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुलाई बारा, रौतहट र सर्लाहीको अध्यक्षमा मनोनयन गरेको हो ।

    एमाले केन्द्रको विवाद मिलाउन ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता जारी छ । दुबै पक्षका कार्यदलले पनि एकताका लागि तीव्ररुपमा काम अघि बढाएका छन् ।  तर,अर्को खेमामा लागेको भन्दै ओली पक्षले एमालेले रौतहट, बारा र सर्लाहीका जिल्ला अध्यक्ष र सचिव हेरफेर गरेको हो ।

     एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले बिहीबार सम्बन्धित जिल्लालाई पठाएको पत्रमा असार २३ गते बसेको बैठकबाट तीन जिल्लाको अध्यक्ष र सचिव मनोनयन गरेको जानकारी दिएकी छिन् । 

    प्रदेश कमिटी पदाधिकारीको बैठकले सर्लाहीको अध्यक्षमा राजनारायण साह, सचिवमा केदार खत्री, रौतहटको अध्यक्षमा तुलसी राज गिरी, सचिवमा मनोजकुमार यादव र बाराको अध्यक्षमा बलबीर चौधरी, सचिवमा महमद समिर चयन भएको पत्रमा उल्लेख छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij