Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

महानगरको सूचनापछि नाम परिवर्तन गराउन दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

महानगरको सूचनापछि नाम परिवर्तन गराउन दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

  • 118
    SHARES
  • महानगरको सूचनापछि नाम परिवर्तन गराउन दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

    काठमाडौं । नेपालीपन झल्किने नाम राख्न काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई सूचना जारी गरेपछि दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । 

    तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन । 

    प्रमुख पोखरेलका अनुसार नाम परिवर्तका लागि महानगरले गत चैत २१ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो । 

    शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था बमोजिम महानगरले सो सूचना जारी गरेको थियो ।

    सूचनामा एक हप्ताको समय दिइएको भए पनि नाम परिवर्तनका लागि संस्थागत विद्यालय आउनेक्रम जारी रहेकोले सूचना प्रकाशित भएको ३५ दिनसम्म पनि विद्यालयको आग्रहलाई स्वीकार गर्ने  निर्णय भएको उनले बताइन । अहिले महानगरमा पाँच सयभन्दा बढी निजी विद्यालय सञ्चालनमा छन् । 

    तोकिएको समयसम्म पनि सम्बन्धित विद्यालयले नाम परिवर्तनका लागि आलटाल गरे कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । 

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij