Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु

ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु

  • 194
    SHARES
  • ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु

    ताप्लेजुङ । ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको हो ।

    शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै पाठ्यपुस्तक जिल्लामा आएपछि वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।

    तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार थान पाठ्यपुस्तक आएसँगै वितरण सुरु गरिएको महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । उनका अनुसार नेपाली माध्यमका प्रतिकक्षा एक हजार पाँच सयका दरले १५ हजार थान, कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमका तीन हजार पाँच सय थान र लिम्बू भाषाको पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार पाँच सय थन छन ।

    नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने गरी जिल्लामा पुस्तक ल्याइएको संघका सदस्य दिनेश भट्टराईले बताए । ‘यस वर्ष सबै कक्षाका पुस्तकमा कुनै पनि विषय छुट्टाएका छैनौँ । विद्यार्थीलाई एक थानमा हुने सबै पुस्तक एबैपटक उपलब्ध गराएका छौँ’, भट्टराईले भने ।

    महासंघले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक ल्याएको हो । ताप्लेजुङमा तीन सय ३० सामुदायिक विद्यालय रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए । उनका अनुसार तीमध्ये ६१ विद्यालय माध्यमिक तहका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij