Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कैलालीमा होलीको चहलपहल सुरु

कैलालीमा होलीको चहलपहल सुरु

  • 166
    SHARES
  • कैलालीमा होलीको चहलपहल सुरु
    कैलाली । होली अर्थात् फागुपूर्णिमा आज हिमाली तथा पहाडी जिल्लामा मनाइँदै छ । तराइका जिल्लामा भोलि यो पर्व मनाउने गरे पनि कैलालीमा भने आजैदेखि चहलपहल सुरु भएको छ ।
     
    रङहरुको पर्वका रुपमा लिइने होलीका अवसरमा धनगढी बजारलगायत आसपासका क्षेत्रमा चहलपहल सुरु भएको हो । होली पर्वको अवसर पारेर आज यहाँका विभिन्न समूह, संघ संस्था, राजनीतिक दलका नेता तथा कार्यकर्ताले सामूहिकरुपमा मिलन कार्यक्रम आयोजना गरी होली पर्व मनाइरहेका छन ।
     
    पुर्खैली घर पहाडी जिल्ला भई हाल कैलालीमा बसोबास गर्दै आएका अछामी, बजुरेली, पनेरुलगायत विभिन्न समुदायका मानिस समूहमा मादल, बाजगाजासहित आआफ्नो परम्परागत लोकसंस्कृति झल्कने देउँडा गीतको तालमा गोलबन्द भई होली खेलिरहेका छन । कतिपय योग शिविरमा पनि होलीको कार्यक्रम गरी मनाइँदैछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij