Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रकेट प्रक्षेपणको पाँच सेकेन्डमै विस्फोट

रकेट प्रक्षेपणको पाँच सेकेन्डमै विस्फोट

  • फाल्गुण ३०, २०८० बुधवार १३:१३ बजे
  • 220
    SHARES
  • रकेट प्रक्षेपणको पाँच सेकेन्डमै विस्फोट

    टोकियो । जापानी कम्पनीले बनाएको रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । 

    टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएर विस्फोट भएको हो । 

    विस्फोट हुनु पहिले सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्ड भित्रमा नै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो । 

    ‘पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्रविधिक समस्या देखिएकाले यसलाई रद्द गरिएको छ,’ स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

    स्पेस वानले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने राष्ट्रको पहिलो निजी फर्म बन्ने आशा गरेको छ र यो आशा काइरोसबाट गरिएको थियो । 

    प्राचीन ग्रीक भाषा अनुसार काइरोसको अर्थ ‘सही क्षण’ हो । उडानको लगभग ५१ मिनेटपछि उक्त सही क्षण आउने अपेक्षा कम्पनी र अन्तरिक्षविद्हरूले गरेका थिए । 

    पार्टपुर्जाको अभाव र अन्य समस्याका कारण स्पेस वानले बुधबारको प्रयासअघि कैरोसको प्रक्षेपण पाँच पटक स्थगित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # रकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij