Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

उडान संख्या थप्न सरकारसमक्ष माग

उडान संख्या थप्न सरकारसमक्ष माग

  • 659
    SHARES
  • उडान संख्या थप्न सरकारसमक्ष माग

    काठमाडौं । वायुसेवा सञ्चालकको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकारसमक्ष माग गरेको छ । 

    हाल तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान संख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान संख्या थप्न माग गरेको छ ।

    ‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगाडिकै उडान संख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

    अहिलेको अविरल वर्षाले विभिन्न क्षेत्रमा बाटोघाटो, सडक र पुलपुलेसामा क्षति पुर्‍याउँदा सर्वसाधारण यात्रु विभिन्न ठाउँमा रोकिएका भन्दै संघले असहज परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको पनि स्पष्ट पारेको छ ।

    हवाई उडानबाट संक्रमणा नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको छ ।

    स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको संघले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij