वेबटिभी खबर
सिजु । मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको पहिराे परी २० जना मानिस हराएका छन् । सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीपहिराेले त्यहाँका १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन् ।
黄瀬川大橋、崩壊。
— 炎上動画・面白ネタ拡散バード🇯🇵 (@enjou_kakusan) July 3, 2021
熱海で大規模土砂崩れ。
車も家も流される事態に。#豪雨 #拡散希望pic.twitter.com/HX5mKb34zj
शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ । सोही बाढीमा परेर ती २० जना व्यक्ति हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन् ।
सो जिल्लाका एकजना प्रहरी अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् । सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij