Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

  • 196
    SHARES
  • चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

    सुनसरी । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।

    चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए ।

    दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका-६ का भटाई सदाले बताए ।

    ४१ थान कम्बल हस्तान्तरण

    केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य संघ इनरुवाले जिल्ला प्रशासन कार्यालयले गए राति ४१ थान कम्बल हस्तान्तरण गरेको छ ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई अतिविपन्न परिवारलाई वितरण गर्न कम्बल हस्तान्तरण गरिएको संघका अध्यक्ष वीरेन्द्रकुमार साहले राससलाई बताए ।

    आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसोबाट बचाउन वाणिज्य संघले २१ थान र नेपाल-भारत मैत्री संघले २० थान कम्बल वितरण गरेका संघका उपाध्यक्ष गिरिजा अटलले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रभावित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij