Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पत्रकारितासँगै साहित्यमा जमेका धर्मेन्द्रको नयाँ कृति बजारमा

पत्रकारितासँगै साहित्यमा जमेका धर्मेन्द्रको नयाँ कृति बजारमा

  • 545
    SHARES
  • पत्रकारितासँगै साहित्यमा जमेका धर्मेन्द्रको नयाँ कृति बजारमा

    काठमाडौं । नेपाली पत्रकारितामा शसक्त नाम हो धर्मेन्द्र झा । उनको अर्काे साहित्यकारको पाटो पनि उत्तिकै शसक्त छ । उनको साहित्यिक नाम भने धर्मेन्द्र विह्वल हो । हालसालै उनको मैथिली भाषामा एउटा कृति ‘शहरक भीडमे एसगर हम’ प्रकाशित भएको छ। 

    विह्वलको यो छैटौँ कृतिबाट पाठकले कविताको आनन्द लिन सक्छन् । व्यक्तिगत अनुभवको बुझाइलाई उनले पाठक समक्ष पस्केका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रकाशन गरेको यो कृतिका चित्रहरू प्रसिद्ध कलाकार एससी सुमनले बनाएका हुन । कृतिको शब्द र चित्रको संयोजनले पुस्तकलाई अझ विषेश बनाएको छ ।

    मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो । उनले यो कृतिमा एकै शीर्षक शहरमा ५१ वटा कविता अटाएर विशेष कृतिको रुपमा प्रकाशित गरेका छन् ।

    यसअघि विह्वलको २०५१ मा ‘रस्ता तकैत जिनगी’, २०५६ मा ‘एक सृष्टि एक कविता’, २०६३ मा ‘एक समयक बात’, २०६३ मै ‘धुवाँएल आकृतिसभ’ र २०७८ मा  ‘व्योमक ओहि पार’ मैथली कविता संग्रह प्रकाशित भइसकेका छन् । 

    नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले भूमिका लेख्दै विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको उल्लेख गरेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij