वेबटिभी खबर
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ । तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् ।
पहिरोका कारण गाउँका चार वटा घर जोखिममा रहेको उनले बताए ।
थापाका अनुसार पहिरोमा पुरिएर घाइते भएकामध्ये एकजनाको अवस्था चिन्ताजनक छ । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन ।
पहिरोले बाटो अवरुद्ध भएकाले जनप्रतिनिधिहरु हिँडेर पहिरो गएको स्थानतर्फ जाँदै गरेको उपप्रमुख गुरुङले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij