वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेशन फाराम भर्न आवेदन खुला गरेको छ ।
शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेशन आवेदन खुला गरिएको हो । मंसिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।
मंसिर मसान्तसम्म फाराम भर्दा ३ सय रूपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij