Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी

जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी

  • 156
    SHARES
  • जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी

    गुल्मी । जंगली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

    बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    उनीहरू तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

    उनीहरू घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij