Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

  • 215
    SHARES
  • सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

    मकवानपुर । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् ।

    इन्द्रसरोबार गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी- मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३-००१ ज ०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

    सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह (प्रहरीको नियन्त्रणमा) रहेको उनले जानकारी दिए ।

    सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र  घाइतेको उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij