वेबटिभी खबर
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र हङकङबीचको प्रतिस्पर्धा हुने भएको छ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।
बुधबार युएईमाथि ७ विकेटको सहज जित निकालेको नेपाल आज पनि लगातार दोस्रो जितको खोजीमा रहने छ ।
टी–२० को १६औँ वरीयतामा रहेको नेपाल र २१ औं वरीयतामा रहेको हङकङले अहिलेसम्म पाँच वटा टी–२० खेलेको छ। जसमा नेपाल २ र हङकङले तीन खेलमा जित हासिल गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij