Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

खाद्यले खसीबोका बिक्री गर्दै जीउँदो खसी किलोको मूल्य ६८०

खाद्यले खसीबोका बिक्री गर्दै जीउँदो खसी किलोको मूल्य ६८०

  • 197
    SHARES
  • खाद्यले खसीबोका बिक्री गर्दै जीउँदो खसी किलोको मूल्य ६८०

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि भोलि मंगलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।

    कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो ६ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो १ हजार २ सय ६० मा बिक्री गर्नेछ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो १० छुट पाउनेछन् ।

    कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

    कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ ।

    ती चौपाया आज मात्रै काठमाडौं ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो संख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ ।

    यस वर्षको दशैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij