वेबटिभी खबर
काठमाडौं । जोमसोममा सामान ढुवानी गरी बेनीतर्फ फर्की रहेको मालवाहक ट्रक सोही सडकखण्डको घोप्टेभीरको पहिरोमा परी पूर्ण क्षतिग्रस्त भएको छ ।
केही दिनदेखि जारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोमा पुरिएर दशचक्के उक्त ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
स्थानीयका अनुसार घोप्टेभीरमा गएको पहिरोले ट्रकको पुरै भाग छोपेको थियो । पहिरोमा पुरिएको ट्रकलाई हाल केही मिटर तल घासाँतर्फ सारेर सडक खुलाइएको छ ।



तस्बिर श्रोतः सुरेन्द्र थापा, जिल्ला समन्वय अधिकारी, मुस्ताङ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij