Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विश्वकप छनोट  : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

विश्वकप छनोट  : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

  • 154
    SHARES
  • विश्वकप छनोट  : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

    काठमाडौं । विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अंक बाँडेका छन् ।

    त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेल्दै एक-एक अंक बाँडेका हुन् ।

    खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाए ।

    उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे ।

    खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् । पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो ।

    जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij