Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बिरामीको मृत्यु भएपछि मणिपाल अस्पतालमा तनाव

बिरामीको मृत्यु भएपछि मणिपाल अस्पतालमा तनाव

  • 246
    SHARES
  • बिरामीको मृत्यु भएपछि मणिपाल अस्पतालमा तनाव

    गण्डकी । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।

    असहज महसुस भएपछि आज बिहान अस्पताल ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् ।

    उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

    उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि अस्पतालमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ । चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाइरहेका छन् ।

    अस्पताल प्रशासन र दिवंगत दुराका आफन्तबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले बताए ।

    जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको वार्ता कुनै टुंगोमा नपुगेको जनाइएको छ । अस्पतालको अवस्था नियन्त्रणबाहिर नजाओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता विकले बताए ।

    अस्पताल व्यवस्थापनले घटनाको यथार्थ छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij