वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तव्ध भएको उल्लेख गरेका छन् ।
सभापति देउवाले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तव्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। pic.twitter.com/jE5BUI53HV
— Sher Bahadur Deuba (@SherBDeuba) September 12, 2023
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij