वेबटिभी खबर
काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालसामु पाकिस्तानले ३४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । ५० ओभरमा ६ विकेट गुमाएर पाकिस्तानले ३४२ रन बनाएको छ ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानलाई खेलको सुरुवातमा नेपाली बलरहरुले दबाबमा राखेका थिए । उक्त खेलमा सबैभन्दा धेरै रन बाबर आजमले बनाएका छन् ।
४१.२ ओभरमा करियरको १९औं शतक बनाएका आजमले ४७.६ ओभरमा १५१ रन पूरा गरेका थिए । अन्तिम दुई बल खेल्नुअघि सोमपाल कामीले आजमको विकेट लिएका थिए ।
नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij