Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बिरामीको मृत्यु भएपछि अस्पतालमा प्रदर्शन

बिरामीको मृत्यु भएपछि अस्पतालमा प्रदर्शन

  • 167
    SHARES
  • बिरामीको मृत्यु भएपछि अस्पतालमा प्रदर्शन

    सुदूरपश्चिम । किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।

    चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै लापर्वाही गर्ने माथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । 

    किड्नीमा पत्थरीको समस्याका बिरामी कञ्चनपुरको बेलौरी नगरपालिक–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा आज मृत्यु भएको थियो ।

    चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताए ।

    प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # बिरामी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij