Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीपहिरोमा परेर २० जनाको मृत्यु, ८०६ जनाको उद्धार

बाढीपहिरोमा परेर २० जनाको मृत्यु, ८०६ जनाको उद्धार

  • 829
    SHARES
  • बाढीपहिरोमा परेर २० जनाको मृत्यु, ८०६ जनाको उद्धार

    काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी एक सातामा २० जनाको मृत्यु भएको छ । 

    जेठ ३० गते यता बाढीपहिराे र डुबानमा परेर मृत्यु हुनेमा १३ जना पुरुष, ४ जना महिला, २ बालक र १ बालिका रहेको तथ्यांक सोमबार साँझ प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ । मृत्यु भएकामध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १र१ जना रहेका छन् ।

    त्यसैगरी बाढी तथा पहिरोमा परेका ८०६ जनाको उद्दार गरिएको छ । मनाङमा ६ सय ५६ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, सल्यान र लमजुङमा ८र८ जना, दाङ र गोरखामा ४र४ जना र कञ्चनपुरमा ३ जनाको उद्धार भएको हो । 

    बाढी पहिरोमा परी सिन्धुपाल्चोकका २० जना र बाजुराका १ जना अझैसम्म बेपत्ता छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij