वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । गत बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा बोर्डले आज प्रकाशन गरेको हो ।
परीक्षामा ४ लाख ४८ हजार ८३७ विद्यार्थी सहभागी भएकोमा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् ।
त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन् ग्रेडेड (एनजी) ल्याएका छन् । गत वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij