Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बर्दियाका एक सयभन्दा बढी घर डुबान

बर्दियाका एक सयभन्दा बढी घर डुबान

  • 188
    SHARES
  • बर्दियाका एक सयभन्दा बढी घर डुबान

    बर्दिया । बर्दियामा आज बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरू डुबानमा परेको छ ।

    यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    बारबर्दिया नगरपालिका-८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर,  बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडानम्बर-९ कुइनेठीको १२० घरसहित जिल्लामा दुई सयभन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । 

    उनका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij