वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनस्थित धाेवी खाेलामा डोजर चलाएको छ ।
काठमाडौं महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच तीन बुँदे सहमति भएपछि महानगरले खाेलामाथि गरिएकाे ढलानमा डोजर चलाएको हो ।
नापी कार्यालय चाबहिलमा शुक्रबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौं महानगरपालिका वडानम्बर ६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा छलफल भएको थियो ।
सो क्रममा वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ठ नगरपालिका १० र १२ का वडा अध्यक्षबीच धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको हो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij