Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नक्कली नोटसहित तीनजना पक्राउ

नक्कली नोटसहित तीनजना पक्राउ

  • 292
    SHARES
  • नक्कली नोटसहित तीनजना पक्राउ

    काठमाडौं । तारकेश्वर काठमाडौंबाट नगरपालिका वडानम्बर-५ बाट मंगलबार साँझ सशस्त्र प्रहरी बलले नक्कली नोटसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

    हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालीका-५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालीका-२ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालीका-१ का मदन दमाई गरी ३ जना नक्कली नोटसहित पक्राउ परेका हुन् ।

    उनीहरूको कोठाबाट  नेपाली रूपैयाँ एक हजारको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान बरामद भएको छ ।

    यसैगरी  मोबाइल ४ थान ,  सिमकार्ड १० थान र २२० सिसिको बा ६५ प ९०२७  नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको छ ।

    नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ  ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ । उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij