Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यी प्रदेशमा भइरहेको छ वर्षा

यी प्रदेशमा भइरहेको छ वर्षा

  • 209
    SHARES
  • यी प्रदेशमा भइरहेको छ वर्षा

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ।

    हाल देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन 
    चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, मधेश, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij