Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जापानले सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्युकाे संख्या आधा घटाउने

जापानले सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्युकाे संख्या आधा घटाउने

  • 265
    SHARES
  • जापानले सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्युकाे संख्या आधा घटाउने

    काठमाडौं । जापान सरकारले मंगलबार पाँच वर्षे कार्ययोजना लागु गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १ हजार २९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा  त्यसता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ ।

    मन्त्रिपरिषदद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्वन गर्ने गरी कानुन परिमार्जन गरिएको  छ ।

    योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न  पनि आह्वान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक गर्मीयाममा वृद्ध र अपांगता भएका व्यक्तिहरू लक्षित विशेष योजना ल्याइने जापान सरकारले जनाएकाे छ ।

    विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्यु मध्ये ८० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू हुने गरेको पाइएको छ ।

    घरभित्रै मृत्यु भएकामध्ये करिब ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

    सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कुल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन विभिन्न उपायहरू प्रवर्द्धन गर्न पनि सहयोग गर्ने बताएको छ ।

  • सम्बन्धित विषय:

  • # जापान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij