Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

  • 241
    SHARES
  • प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन ।

    कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, ‘सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।’

    उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताए । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हालेका थिए ।

    सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

    सो अवसरमा उनले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए । मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

    ‘नागरिकले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन’, मुख्यमन्त्री शाहले भने, ‘त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।’ उनले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।

    ‘नराम्रा काम निरुत्साहित गर्दै राम्रा कामलाई निरन्तरता दिन्छौं’, मुख्यमन्त्री शाहले भने, ‘स्थानीय सरकारले धेरै नागरिकले सुविधा पाउने खालका योजना माग गर्न म सुझाव दिन्छु ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij