Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण

  • 262
    SHARES
  • श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण

    काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।

    उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको-एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्याडिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो ।

    अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

    उक्त जहाज भैरहवाबाट बिहान करिब ९ः४० बजे काठमाडौं उडेको थियो । उडानभरेको केहीसमयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमान चालक (पाइलट) ले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij