Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्छ : महरा

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्छ : महरा

  • 267
    SHARES
  • नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्छ : महरा

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

    उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुने विषयमा कुनै पनि खालको भेदभाव हुनु हुँदैन,सरकारले सबैलाई कारबाही गर्नुपर्छ ।’

    उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि वर्तमान सरकार बहुमतमै रहेको बताउँदै सो पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकारलाई असर नपर्ने दाबी गरे ।

    उनले भने, ‘रास्वपाले समर्थन फिर्ता लिए पनि असर पर्दैन, सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या छैन, सरकार अहिले पनि बहुमतमै छ ।’

    उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको बताउँदै त्यसका लागि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लब नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीबीच छलफल चलिरहेको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij