Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिँदै

भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिँदै

  • 253
    SHARES
  • भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिँदै

    कैलाली । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल-भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा संक्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताए ।

    कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको जोशीले जानकारी दिए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा संक्रमण देखिएको छ ।

    यहाँ बुधबार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमध्ये कञ्चनपुरका दश जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनाको संक्रमण देखिएको बताए । उनका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका जोशीले जानकारी दिए ।

    बुधबार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    ‘कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन’, जोशीले भने, ‘स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।’ उनले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवम् जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij