Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या

मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या

  • 405
    SHARES
  • मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या

    मुगु । मुगुमा एक प्रहरी जवानले आत्म हत्या गरेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडानम्बर-९ का २६ वर्षीय अनिल बुढाले बुधबार दिउँसो करिब २ः४५ बजेतिर आत्महत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका वडानम्बर-१ स्थित रानिवन जंगलमा सल्लाको रूखमा झुण्डीएर आत्महत्या गरेको हन् ।

    मृतक नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई यस जिल्ला प्रहरी कार्यालय मुगुमा काज सरूवा भएर अस्थायी प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरिक्षक महेशले बताए ।

    उनका अनुसार मृतक बुढाको मुचुल्का उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भई रहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij