वेबटिभी खबर
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका-१५ ले गरिब घरपरिवारलाई कुवा खन्न रकम उपलब्ध गराइएको छ ।
वडाको बजेटबाट गरिब परिवारका लागि १२ वटा कुवा निर्माण गर्न चार लाख ८० हजार वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारको सहजताका लागि कुवा बनाउन लागिएको कार्यवाहक वडाध्यक्ष मंगल चौधरीले बताए ।
गाउँमा कुवा नहुँदा अर्काको घरबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो । यहाँको खानेपानीको स्रोत भनेको कुवा नै हो । कुवाभन्दा अर्को विकल्प नभएकाले प्रत्येक टोलमा सामूहिक कुवा निर्माण गर्न लागिएको छ ।
एउटा कुवाका लागि ४० हजारका दरले रकम उपलब्ध गराइएको कार्यवाहक वडाध्यक्ष चौधरीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij