Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आजदेखि एसईई सुरू, २ हजार ३६ केन्द्रबाट ५ लाख १६ हजार विद्यार्थीले परीक्षा दिँदै

आजदेखि एसईई सुरू, २ हजार ३६ केन्द्रबाट ५ लाख १६ हजार विद्यार्थीले परीक्षा दिँदै

  • 237
    SHARES
  • आजदेखि एसईई सुरू, २ हजार ३६ केन्द्रबाट ५ लाख १६ हजार विद्यार्थीले परीक्षा दिँदै

    काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सञ्चालन हुँदैछ।  परीक्षा देशभरका २ हजार ३७ केन्द्रमा सञ्चालन हुँदै छ । 

    परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ।

    परीक्षाकाे सम्पूर्ण तयारी पुरा भइसकेकाे प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्‍याइसकेको छ।

    परीक्षामा ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।

    त्यस्तै प्राविधिक धारतर्फ साढे १५ हजार विद्यार्थीले यस पटकदेखि घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् । विगतका वर्षमा प्राविधिक धारका विद्यार्थीलाई जिल्ला सदरमुकामकेन्द्रित गरेर १/२ वटा परीक्षा केन्द्र तोक्ने गरिएको थियो । यस पटकदेखि साधारण धारका विद्यार्थीले परीक्षा दिने केन्द्रबाटै पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । ५ सय ५ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन हुँदै आएको छ ।

    बोर्डले जापानमा पनि एउटा परीक्षा केन्द्र तोकेको छ । जापानको राजधानी टोकियोस्थित केन्द्रबाट १४ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अनुसार नेपाली पाठ्यक्रम अध्यापन हुने जापानका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

  • सम्बन्धित विषय:

  • # एसईई

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij