Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

डोजरले फालेको माटाेले पुरिएर महिलाकाे मृत्यु

डोजरले फालेको माटाेले पुरिएर महिलाकाे मृत्यु

  • फाल्गुण १८, २०७७ मंगलवार ११:४२ बजे
  • 877
    SHARES
  • डोजरले फालेको माटाेले पुरिएर महिलाकाे मृत्यु

    धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाेले पुरिएर साेमबार अपराह्न एक महिलाको मृत्यु भएको छ ।

    सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी-१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।

    सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिएकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

    शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij