Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

  • 286
    SHARES
  • उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

    बारा । उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला पुगेका यादवलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

    सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, संघीय सांसद, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखलगायतकाले स्वागत गरेका थिए ।

    उपराष्ट्रपति यादवलाई स्वागत गर्न सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । दुई दिनको बसाइमा उनी जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुने निमित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यले जानकारी दिए ।      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij