Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मनाङबाट ५४ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

मनाङबाट ५४ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

  • 309
    SHARES
  • मनाङबाट ५४ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

     मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५४ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

    शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुने गरेका छन् ।

    यस वर्षकाे एसइई परीक्षामा मनाङबाट ३१ छात्रा र  २३ छात्र गरि ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । उनले भने, ‘यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए ।’

    जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए । उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

    खुलातर्फबाट ६ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेकाे उनले बताए । लोक प्रियबाट ६ खुलासहित गरि १७ छात्रा र सात छात्रले परीक्षा दिनेछन् ।

    प्रकाशज्योतिबाट ९ छात्रा र ८ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुनेछन् । लोकप्रिय र प्रकाशज्योतिका एक/एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

    ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ । यस वर्षकाे एसइई परीक्षा आगामी चैत १७ गतेबाट सञ्चालन हुँदै छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij